विदेश

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण हुँदा आठ जनाको मृत्यु

हिमालय टिभी
२०७८ साउन २० गते ८:१६
अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण हुँदा आठ जनाको मृत्यु

२० साउन २०७८ काबुल । अफगानिस्तानका रक्षामन्त्रीको घरमा आतंकवादी आक्रमण हुँदा ८ जनाको मृत्यु भएको छ ।

घटनामा ४ जना आक्रमणकारीसहित ८ जनाको मृत्यु भएको छ । आक्रमणको समयमा रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदी घरमा नरहेको बताइएको छ ।

राजधानी काबुलको उच्च सुरक्षा रहेको मानिएको क्षेत्रमा बन्दूकधारीले कार बम विष्फोट गराए लगत्तै अन्धाधुन्ध गोली चलाएका थिए । रक्षामन्त्री मोहम्मदीका परिवारका सबै सदस्य सुरक्षित रहेको र सबै आक्रमणकारी मारिएको सुरक्षा अधिकारीले जनाएका छन् ।

देशका प्रमुख शहर कब्जाका तालिवान र सरकारी सेनाबीच संघर्ष चलिहँदा आक्रमण भएको छ । घटनापछि रक्षामन्त्री बिस्मिल्लाहले ट्वीट गर्दै सबै सामान्य रहेको र चिन्ता नलिन भनेका छन् ।

उता अमेरिकाको विदेश मन्त्रालयले आक्रमणमा तालिवान नै संलग्न रहेको संकेत गरेको बताएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले हिंसाको तत्काल अन्त्य गर्न आह्वान गरेको छ ।

आक्रमण भएको क्षेत्रमा सरकारी कार्यालय लगायत विदेशी दूतावासका कार्यालय रहेका छन् । सुरक्षा अधिकारीले ८ जनाको मृत्यु हुनुको साथै ११ जना घाइते भएको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *