विदेश

अनलाइन व्यापार व्यवसायसम्बन्धी नियम कडा बनाउने चीनको तयारी

हिमालय टिभी
२०७८ साउन १९ गते १९:०३
अनलाइन व्यापार व्यवसायसम्बन्धी नियम कडा बनाउने चीनको तयारी

१९ साउन २०७८ बेइजिङ । चीनले पछिल्लो समय इन्टरनेटका माध्यमबाट गरिने व्यापार, व्यवसायको नियम कडा बनाउन थालेको छ ।

अनलाइनमार्फत हुने खेल, शैक्षिक कार्यक्रममा समेत कडाई गर्न थालिएको छ । चीनले अनलाइनबाट खेलिने दुई वटा गेमिङ फर्मलाई इलेक्ट्रोनिक ड्रग अर्थात विद्युतीय लागु औषध भनेको छ ।

टेन्सेन्ट र नेटइजलाई इलेक्ट्रोनिक ड्रग भनेपछि ती प्लेटफर्म सञ्चालन गर्ने कम्पनीको शेयरको मुल्य घटेको छ । विद्युतीय उपकरणमा खेलिने यी खेलमा युवा अम्मली भएको भन्दै राज्य नियन्त्रित पत्रिका इकोनोमिक इन्फरमेसन डेलीमा रिपोर्ट प्रकाशित भएको थियो ।

टेन्सेन्टको उत्पादन हनर अफ किङ्समा लाखौं विद्यार्थीले दैनिक आठ घण्टाभन्दा बढी समय विताउँदै आएका छन् । टेन्सेन्ट चीनको अग्रणी प्राविधिक कम्पनी हो, जुन हङकङ, अमेरिका जस्ता देशमा पनि निकै लोकप्रिय छ ।

यसअघि चीनले अनलाइनमार्फत शिक्षा दिने केही विद्युतीय माध्यमलाई समेत नाफा कमाउन नमिल्ने प्रावधान ल्याएको थियो । नयाँ प्रावधान अनुसार यी क्षेत्रमा बाह्य लगानी प्रतिबन्ध गरिएको छ । यो नियमले अविभावकमाथि आइपर्ने आर्थिक भार कम हुने अधिकारीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *