विदेश

थप ८९ जना विद्रोही मारिएको इजिप्टको सेनाको दाबी

हिमालय टिभी
२०७८ साउन १८ गते ७:४८
थप ८९ जना विद्रोही मारिएको इजिप्टको सेनाको दाबी

१८ साउन २०७८ इजिप्ट । इजिप्टमा थप ८९ विद्रोही मारिएको सेनाले दाबी गरेको छ ।

देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने उत्तर सिनाइमा गरिएको सुरक्षा कारबाहीमा अति खतरा मानिएका शंकास्पद ८९ जना विद्रोहीको मृत्यु भएको सेनाले जनाएको हो ।

विद्रोही गतिविधि न्यूनिकरण गर्ने अभियानअन्तर्गत कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको वक्तव्यमा उल्लेख छ । कारवाहीका क्रममा विद्रोहीका भौतिक संरचना तथा सुरुङहरु पनि ध्वस्त बनाइएको जनाइएको छ ।

सेनातर्फ आठ जनाको मृत्यु भएको बताइएको छ । सो क्षेत्रमा विगत एक दशकदेखि इस्लामिक स्टेटले हिंसात्मक गतिविधि चलाउँदै आएको छ ।

त्यहाँ अहिलेसम्म १ हजार भन्दा बढी विद्रोही तथा दर्जन बढी सुरक्षा फौजको मृत्यु भैसकेको सरकारी तथ्यांक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *