विदेश
भारतमा कोरोना सङ्क्रमण बढेको जिल्लामा कडाइ गर्न निर्देशन
२०७८ साउन १७ गते ९:४५

१७ साउन २०७८ नयाँ दिल्ली । भारत सरकारले कोरोना सङ्क्रमणको दर बढेको जिल्लामा कडाई गर्न निर्देशन दिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयले कुल जनसङ्ख्याको १० प्रतिशतमा कोरोना सङ्क्रमण देखिएको जिल्लामा कडाई गर्न निर्देशन दिएको हो ।
कोरोना महामारीको दोस्रो लहरमा सबैभन्दा बढी प्रभावित बनेको भारतमा तेस्रो लहरको जोखिम बढेको भन्दै कडाईका साथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न भारत सरकारले आग्रह गरेको छ ।
भारतमा पछिल्लो समय कोरोनाको डेल्टा भेरिएन्टले फेरि सङ्क्रमित थपिने दर बढ्दै गएको र मृत्युदर पनि ४ सयभन्दा बढी रहेकाले सरकारले कडाई गर्न भनेको हो ।
कोरोनाको तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यानमा राखी पूर्व तयारीमा जुट्न पनि भनेको भारतीय सञ्चार माध्यमहरुले लेखेका छन् ।
प्रतिक्रिया