विदेश

अफगानिस्तानको प्रमुख तीन शहर कब्जा गर्ने प्रयासमा विद्रोही तालिबान

हिमालय टिभी
२०७८ साउन १७ गते ८:४२
अफगानिस्तानको प्रमुख तीन शहर कब्जा गर्ने प्रयासमा विद्रोही तालिबान

१७ साउन २०७८ काबुल । अफगानिस्तानमा तालिबान विद्रोही समूहले तीन प्रमुख शहरमा कब्जाको प्रयास गरिरहेको छ ।

हेरात, लश्कर गाह र कान्धाहारलाई घेराबन्दी गरेपछि त्यसमाथि नियन्त्रणका लागि सेना र विद्रोहीबीच दोहोरो भिडन्त जारी छ । विद्रोही समूह अफगानिस्तानका दक्षिण तथा पश्चिमी क्षेत्रका मुख्य शहर हेरात, लश्कर गाह र कान्धाहारमा प्रवेश गरेसँगै त्यसमाथि नियन्त्रणका लागि प्रयास गरिरहेको हो ।

आगामी सेप्टेम्बर महिनासम्म अफगानिस्तानबाट सबै विदेशी सेना बाहिरिने घोषणासँगै तालिवाले ग्रामीण क्षेत्रबाट त्यहाँ अधिकांश भूभाग कब्जा गर्ने रणनीति बनाएको छ ।

यी शहर कब्जाका लागि ठूलो मानवीय संकट निम्त्याउने आशंका छ । उसले त्यहाँ आधा भन्दा बढी भागमा कब्जा गरिसकेको दाबी गरिरहेको छ । कब्जा गरिएका क्षेत्रमा इरान र पाकिस्तानको सीमामा रहेका महत्वपूर्ण नाका पनि रहेका छन् ।

लश्कर गाहमा हिजो गर्भनर कार्यालय नजिक पुगिसकेका विद्रोहीलाई सेनाले पछाडि फर्कन बाध्य बनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सरकारी सेनाले तालिवानलाई कति समयसम्म रोक्न सक्ने छन् भन्ने पनि चासोको विषय रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *