भारतको असम र मिजोरम राज्यबीचको सीमा विवाद झन चर्कँदै
१६ साउन २०७८ असम । भारतको असम र मिजोरम राज्यबीचको सीमा विवाद झन चर्कदै गएको छ । असमका मुख्यमन्त्री हिमन्त विश्वविरुद्ध मिजोरम प्रहरीले मुद्दा नै दर्ता गरेको छ ।
मुख्यमन्त्रीसँगै असमका प्रहरी प्रमुखलगायत उच्च प्रहरी अधिकृतविरुद्ध समेत मुद्दा दर्ता गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुविरुद्ध हत्या प्रयास र आपराधिक षड्यन्त्र गरेको आरोप लगाइएको छ ।
आजै मात्र असम राज्य सरकारले मिजोरम यात्रा नगर्न आफ्ना नागरिकलाई भनेको थियो । सामान्यतया यस्तो एडभाइजरी विदेशमा आफ्ना नागरिकको सुरक्षाका लागि जारी गर्ने चलन छ ।
गत सोमबार मात्र दुई राज्यको सीमामा भएको हिसांत्मक झडपमा असम पुलिसका ६ जनाको मृत्यु भएको थियो । कैयौं घाईते भएका थिए । दुवै राज्यले एक अर्कामाथि हिंसा भड्काएको आरोप लगाएका छन् ।
असमको छिमेकी राज्यसँग सबै भन्दा बढी सीमा विवाद छ । असममा अहिले भारतीय जनता पार्टी र मिजोरममा मिजो नेशनल फ्रन्टको सरकार छ ।
प्रतिक्रिया