विदेश

अमेरिका र भारतका विदेश मन्त्रीबीच राजधानी दिल्लीमा भेटवार्ता

हिमालय टिभी
२०७८ साउन १४ गते ८:०३
अमेरिका र भारतका विदेश मन्त्रीबीच राजधानी दिल्लीमा भेटवार्ता

१४ साउन २०७८ नयाँ दिल्ली । अमेरिका र भारतका विदेश मन्त्रीबीच भारतको राजधानी दिल्लीमा भेटवार्ता भएको छ।

अमेरिकी विदेश मन्त्री एन्थोनी ब्लिंकेन र भारतीय विदेश मन्त्री एस जयशंकरले भेटघाट गरेका हुन् । भेटमा कोरोना महामारी, अफगानिस्तानको अवस्था तथा दुई देशबीचको हितसहितका विषयमा कुराकानी भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

छलफलमा अफगानिस्तानको सुरक्षा अवस्थालाई लिएर विशेष चर्चा भएको जनाइएको छ । भेटपछिको संयुक्त पत्रकार सम्मेलनमा ब्लिंकेनले अफगानिस्तानको सुरक्षा मुद्दाबारे चर्चा गरेको बताए । शान्तिपूर्ण र स्थिर अफगानिस्तानको चाहना दुबै देशको रहेको उनले बताए । उता जयशंकरले पनि अफगानिस्तानको स्थिरता र स्थायित्वमा जोड दिए ।

अफगानिस्तानको समस्याको सैन्य समाधान नहुनेमा अमेरिका र भारत दुबै सहमत भएकोमा उनले जोड दिए । दुई विदेशमन्त्रीबीच चीनको विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *