विदेश
भारतको उत्तर प्रदेशमा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा १८ जनाको मृत्यु
२०७८ साउन १३ गते ९:०६

१३ साउन २०७८ लखनउ । भारतमा रोकिरहेको एक बसलाई ट्रकले ठक्कर दिँदा १८ जनाको मृत्यु भएको छ ।
उत्तरप्रदेशको बाराबंकी जिल्लाको रामसनेहीघाट क्षेत्रमा भएको दुर्घटनामा १८ जनाको मृत्यु हुनुका साथै २५ भन्दा बढी घाइते भएका छन् ।
बस हरियाणाको पलवलदेखि बिहार आउँदै गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन् । रामसनेहीघाट नजिक अयोध्या–लखनउ हाइवेमा दुर्घटनामा परेको बसमा १ सय ४० जना सवार रहेको बताइएको छ ।
बस बिग्रिएपछि अयोध्या राजमार्गमा रोकेर राखिएको थियो । त्यसपछि पछाडिबाट तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको थियो ।
मृतक सबै पञ्जाब र हरियाणाका मजदूर रहेको जनाइएको छ।
प्रतिक्रिया