विदेश
अमेरिकामा कोरोनाको अर्को खतरनाक नयाँ भेरिएन्ट देखियो
२०७८ साउन १० गते १३:३५

१० साउन २०७८ काठमाडौं । कोरोना भाइरसको अर्को खतरनाक नयाँ भेरिएन्ट देखा परेको छ ।
गत हप्ता अमेरिकामा कोरोनाको डेल्टा–थ्री भेरिएन्ट भेटिएको वैज्ञानिकले बताएका थिए । नयाँ भेरिएन्ट डेल्टाको तुलनामा अत्यधिक फैलिने क्षमताको मात्र नभएर खोप लगाएकामा पनि पुनः संक्रमण हुन सक्ने भएको वैज्ञानिकको भनाइ छ।
नयाँ भेरिएन्ट भारतमा नदेखिए पनि जिन सिक्वेन्सिङ भइरहेका कारण अलर्ट जारी भएको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
त्यहाँ सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । राजधानी नयाँ दिल्लीस्थित आईजीआईबीका वैज्ञानिक डा. विनोद स्कारियाले भाइरस म्युटेसन भएपछि एवाई–थ्री भेरिएन्ट फेला परेको र त्यसलाई डेल्टाथ्री भनिएको बताए ।
प्रतिक्रिया