विदेश

वर्षाका कारण भारतको महाराष्ट्रमा मृत्यु हुनेको संख्या १ सय ३६ पुग्यो

हिमालय टिभी
२०७८ साउन १० गते ९:०८
वर्षाका कारण भारतको महाराष्ट्रमा मृत्यु हुनेको संख्या १ सय ३६ पुग्यो

१० साउन २०७८ नयाँ दिल्ली । भारतको महाराष्ट्रमा लगातारको वर्षाका कारण आएको बाढी, डुबान र भू स्खलनमा परि मृत्यु हुनेको संख्या १ सय ३६ पुगेको छ ।

महाराष्ट्रमा मात्रै लाखौं मानिस प्रभावित भएका छन् भने गोवामा सैयौंको संख्यामा घरहरु क्षतिग्रस्त भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

सरकारले समुद्री सतह नजिक रहेका बस्तीका मानिसहरुलाई सुरक्षित स्थानमा जान र सतर्क रहन आग्रह गरेको छ ।

गोवा र महाराष्ट्रमा लगातारको वर्षाका कारण मानिसहरुको जनजीवन प्रभावित बनेको छ । बाढी र डुबानमा परेर बेपत्ता भएकाहरुको खोजी जारी रहेको छ भने उद्धार र राहतको काम पनि भइरहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *