विदेश

अष्ट्रेलियाका विभिन्न शहरमा लकडाउनको विरोधमा प्रदर्शन

हिमालय टिभी
२०७८ साउन ९ गते १८:२५
अष्ट्रेलियाका विभिन्न शहरमा लकडाउनको विरोधमा प्रदर्शन

९ साउन २०७८ सिड्नी । अष्ट्रेलियाका विभिन्न शहरमा लकडाउनको विरोधमा प्रदर्शन भएका छन् ।

सिड्नीमा हजारौं नागरिक सडकमा उत्रिएका छन् भने मेलबर्न र ब्रिस्वेनमा पनि प्रदर्शन भएको बीबीसीले जनाएको छ ।

प्रदर्शनमा उत्रिएकाले स्वतन्त्रताको पक्षमा नारावाजी गरेका छन् । ५७ भन्दा बढी प्रदर्शनकारी पक्राउ परेको प्रहरीले जनाएको छ ।

आज १ सय ६३ जना संक्रमित भेटिएको न्यू साउथ वेल्समा कोभिड हटस्पट घोषणा गरिएको छ । अष्ट्रेलियामा कोरोना संक्रमण फेरि बढ्न थालेपछि कडा लकडाउन लगाउनु परेको सरकारी तर्क छ ।

अष्ट्रेलियामा हालसम्म १४ प्रतिशत जनसंख्याले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *