विदेश

हेरात प्रान्त पुनः अफगान सेनाको नियन्त्रणमा

हिमालय टिभी
२०७८ साउन ९ गते ७:५१
हेरात प्रान्त पुनः अफगान सेनाको नियन्त्रणमा

९ साउन २०७८ काबुल । अफगानिस्तानमा सरकारी सेनाले पश्चिमी हेरात प्रान्तको कारुख जिल्लामा पुनः आफ्नो नियन्त्रण कायम गरेको छ ।

सुरक्षा कारबाहीमा १८ जना तालिवान विद्रोही मारिएपछि कारुखमा फेरि सरकारले कब्जा गरेको हो । प्रान्तीय सरकारले विज्ञप्तिमार्फत तालिवानबाट उक्त क्षेत्र सरकारी नियन्त्रणमा आएको जनाएको छ ।

तालिवानविरुद्धको आक्रमण स्थानीय समय अनुसार हिनो विहानै शुरू गरिएको थियो । अफगानी सुरक्षाकर्मीले केही घण्टाभित्रै तालिवानलाई धपाउन सफल भएको बताइएको छ ।

भिडन्तका क्रममा १८ जना तालिवानीको मृत्यु हुनुका साथै २० जना घाइते भएको बताइएको छ । उक्त क्षेत्रमा विद्रोहीविरूद्धको कारबाही जारी रहने सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

उता तालिवानले कारुख जिल्लाको अवस्थाबारे अझै टिप्पणी गरेको छैन । अफगानिस्तानबाट नेटो सेना फर्किएसँगै तालिबानी विद्रोहीले देशका विभिन्न स्थानमा कब्जा जमाउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *