विदेश
अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा
२०७८ साउन ८ गते १८:४१

८ साउन २०७८ सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ ।
कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्यूनीकरणका लागि सिड्नीमा संकटकाल घोषणा गरिएको बीबीसीले जनाएको छ ।
केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी शुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमण पुष्टि भए पछि संकटकाल लगाउने निर्णय गरेको हो ।
सिड्नीमा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने १ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मकै धेरै हो ।
सिड्नीमा एक महिनादेखि लकडाउन जारी रहँदा पनि महामारी कम नभएपछि संकटकाल लगाउनु परेको स्थानीय अधिकारीले जनाएका छन् ।
प्रतिक्रिया