विदेश
भारतको महाराष्ट्रमा बाढी र पहिरोका कारण कम्तिमा ३६ जनाको मृत्यु
२०७८ साउन ८ गते १६:४१

८ साउन २०७८ काठमाडौं । भारतको महाराष्ट्र राज्यको रायगड जिल्लामा भारी वर्षाका कारण गएको पहिरोमा परी कम्तिमा ३६ जनाको मृत्यु भएको छ ।
पहिरोमा ३० जना मानिस फसिरहेको र उनीहरुको उद्धारको प्रयास भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको उद्धारका लागि हेलिकप्टरको सहयोग लिइएको स्थानीय अधिकारीले जनाएका छन् ।
पहिरोका कारण रेल सेवा प्रभावित भएको छ । कम्तिमा ६ हजार मानिस रेलवेको पुल डुबेका कारण अलपत्र परेको बीबीसीले जनाएको छ ।
पछिल्लो केही दिनयता महाराष्ट्रको कोकण क्षेत्रमा भारी वर्षा भैरहेको छ । जसका कारण विभिन्न जिल्लामा बाढी र पहिरो जाँदा जनधनको क्षति भएको छ ।
प्रतिक्रिया