विदेश
चीनको हेनान प्रान्तमा बाढीका कारण मृत्यु हुनेको संख्या २५ पुग्यो
२०७८ साउन ७ गते ७:३६
७ साउन २०७८ बेइजिङ । चीनको हेनान प्रान्तमा बाढीका कारण ज्यान गुमाउनेको संख्या २५ पुगेको छ।
अझै केही हराइरहेको स्थानीय सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । चीनमा जुलाई यही १६ देखि हालसम्म देशका ८९ क्षेत्र, जिल्ला र सहर बाढीबाट प्रभावित भएका विवरण सार्वजनिक गरिएको छ ।
त्यस्तै त्यहाँ बढीका कारण १२ लाख ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् भने एक लाख ६४ हजार बढी विस्थापित भएका छन् ।
प्राकृतिक प्रकोपले ७५ हजार हेक्टर क्षेत्रफलमा लगाइएको खेती नष्ट गरेको पनि सरकारी अधिकारीको भनाइ छ ।
त्यस्तै जेङ्गजाउमा बाढीमा परेर २५ जनाको मृत्यु भैसकेको छ । त्यहाँ २ लाख भन्दा बढी बासिन्दा विस्थापित भएका छन् ।
प्रतिक्रिया