विदेश

चीनमा भारी वर्षासँगै आएको बाढीमा कम्तिमा १६ जनाको मृत्यु

हिमालय टिभी
२०७८ साउन ६ गते १९:०७
चीनमा भारी वर्षासँगै आएको बाढीमा कम्तिमा १६ जनाको मृत्यु

६ साउन २०७८ बेइजिङ । चीनमा भीषण वर्षासँगै आएको बाढीका कारण कम्तिमा १६ जनाको मृत्यु भएको छ ।

बाढीका कारण जेङ्गजाउ शहरमा बढी क्षति पुगेको छ । त्यहाँ १६ जनाको ज्यान गएको स्थानीय अधिकारीले पुष्टि गरेका छन् । भीषण वर्षासँगै बाढी आएपछि चीनको मध्य क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ ।

बाढीका कारण २ लाख भन्दा बढी बासिन्दा विस्थापित भएका छन् । बाढीका कारण एक दर्जन भन्दा बढि शहरको जनजीवन प्रभावित भएको छ ।

यातायात र रेल सेवा पनि ठप्प भएको छ । करिब ९ करोड ४० लाख मानिसको बसोबास रहेको हेनान प्रान्तमा उच्च तहको चेतावनी जारी गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *