विदेश

पाकिस्तानमा अपहरणमा परेकी अफगानिस्तानका राजदूतकी छोरी मुक्त

हिमालय टिभी
२०७८ साउन ३ गते ७:४७
पाकिस्तानमा अपहरणमा परेकी अफगानिस्तानका राजदूतकी छोरी मुक्त

३ साउन २०७८ लण्डन । पाकिस्तानमा अपहरणमा परेकी अफगानिस्तानका राजदूतकी छोरी मुक्त भएकी छिन् ।

अपहरणमुक्त सिलसिला अलिखिल घाइते रहेको र उनको शरीरमा डोरीको छाप देखिएको त्यहाँका अधिकारी र अस्पतालले बताएको छ ।

अफगानिस्तानको विदेश मन्त्रालयले राजदूत नजिबुल्लाह अलिखिलकी छोरी २६ वर्षीय सिलसिला इस्लामाबादमा शुक्रबार घर फर्कने क्रममा अपहरणमा परेको र उनलाई गम्भीर यातना दिइएको बताएको छ ।

उनी खतरामुक्त रहेको र उपचारको क्रममा रहेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *