विदेश

पश्चिम युरोपमा भीषण बाढीका कारण १ सय २५ बढीको मृत्यु

हिमालय टिभी
२०७८ साउन २ गते ८:२१
पश्चिम युरोपमा भीषण बाढीका कारण १ सय २५ बढीको मृत्यु

२ साउन २०७८ जर्मनी । पश्चिमी यूरोपमा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ ।

अविरल वर्षासँगै पश्चिमी यूरोपमा केही दशक यताकै भीषण बाढीका कारण जनजीवन अस्तव्यस्त भएको छ । जर्मनीमा मात्रै एक सय जनाको मृत्यु भएको छ । त्यस्तै एक सय भन्दा बढी बेपत्ता छन् ।

बेल्जियममा २५ जनाले ज्यान गुमाएका छन् । बाढीको असर नेदरल्याण्ड्स, लक्जमवर्ग र स्वीट्जरल्याण्डमा समेत परेको छ । अत्याधिक वर्षासँगै नदीहरुमा पानीको सतह बढेर तटीय क्षेत्रहरुमा बाढी आएको अनि बहाव बढेर बाँध फुट्दा पानी बस्तीहरुमा पसेको स्थानीय अधिकारीले जनाएका छन् ।

बाढीमा ठूलो जनधनको क्षति हुनुका साथै हजारौ मानिस विस्थापित भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । अत्याधिक पानी पर्नु र बाढी आउनुका विभिन्न कारक रहे पनि जलवायु परिवर्तनका कारण बढ्दो तापक्रमले यसलाई गम्भीर र बिनाशकारी बनाएको विज्ञले बताउँदै आएका छन् ।

औद्योगिक युग शुरु भएयता विश्वको तापक्रम एक दशमलव दुई डिग्री सेल्सियस बढिसकेको छ । कार्बन उत्सर्जन ठूलो मात्रामा कटौती नगरेमा तापक्रम बढ्दै जाने वैज्ञानिकहरुले चेतावनली दिंदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *