जर्मनी र बेल्जियमको सीमा क्षेत्रमा आएको बाढीमा कम्तिमा ७० जनाको मृत्यु
१ साउन २०७८ बेल्जियम । जर्मनी र बेल्जियमको सीमा क्षेत्रमा वर्षासँगै आएको बाढीमा परेर कम्तिमा ७० जनाको मृत्यु भएको छ ।
जर्मनीको मौसम विभागको रेकर्ड अनुसार अहिलेसम्मकै ठुलो वर्षापछि नदीको बाँध फुट्दा बस्तीमा पानी पसेको थियो । जर्मनीको राइनल्याण्ड(प्यालाटिनेट र उत्तर राइन–वेस्टफालिया सबैभन्दा बढी प्रभावित भएको ।
ती स्थानमा कम्तिमा ५९ जनाको मृत्यु भएको छ । यस्तै बेल्जियममा ११ जनाको मृत्यु भएको बीसीसीले जनाएको छ ।बाढीमा परी सयौं घर भत्किएका छन् भने हजारौं विस्थापित भएको बीबीसीले जनाएको छ ।
नेदरल्याण्डमा पनि बाढीको नराम्रो असर परेको छ। जर्मनको उत्तरी राइन–वेस्टफालियाका प्रमुख अर्मिन लाचेतले बाढी प्रभावित क्षेत्रको भ्रमणका क्रममा जलवायु परिवर्तनको असरका कारण अधिक वर्षा भएको बताए ।
बाढी प्रभावित क्षेत्रमा जर्मन चान्सलर एन्जेला मार्केल पनि पुगेकी छन् । बाढीले सडकमा गुडिरहेका गाडी बगाउँदा बढी क्षति भएको बीबीसीले जनाएको छ ।
बाढीले सवारी साधन बगाउँदा त्यसमा सवार भएकाहरुको मृत्यु भएको छ । अझै एक दुई दिन बाढी आउने भएकाले सतर्कता अपनाउन जर्मन र बेल्जियमको मौसम विभागले आग्रह गरेको छ ।
प्रतिक्रिया