विदेश

दक्षिण अफ्रिकामा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या ७२ पुग्यो

हिमालय टिभी
२०७८ असार ३० गते ७:४२
दक्षिण अफ्रिकामा भड्किएको हिंसामा मृत्यु हुनेको संख्या ७२ पुग्यो

३० असार २०७८ दक्षिण अफ्रिका । दक्षिण अफ्रिकामा जारी हिंंसाका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।

पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल परेपछि देशका विभिन्न स्थानमा उनका समर्थक प्रदर्शनमा उत्रिएका छन् । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सजाय काट्न पूर्व राष्ट्रपति जुमाले गत हप्ता आत्मसमर्पण गरेका थिए ।

पछिल्लो पटक सोवेटोस्थित एक सपिङ्ग सेन्टरमा लुटपाट भइरहेको समयमा भएको भगदौडमा १० जनाको मृत्यु भएको छ । प्रदर्शनकारीले विभिन्न राजमार्गमा अवरोध, पसलहरुमा लुटपाट र आगजनी गरेका छन् ।

राजमार्गहरु बन्द हुनुका साथै प्रमुख शहरका पसल तथा गोदामहरुमा लुटपाट र आगजनीका घटना बढेका छन् । लुटपाट कायम रहेमा चाँडै नै अत्यावश्यक सामग्रीको अभाव हुने मन्त्रीहरुले बताएका छन् ।

अहिलेसम्म कम्तीमा दुई सय बढी सपिङ्ग मलमा लुटपाट भैसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । देशभर प्रदर्शन बढेसँगै प्रहरीलाई सघाउन ठूलो संख्या सेना परिचालन भएका छन् ।

प्रहरीले अहिलेसम्म हिंसा भड्काउने कार्यमा संलग्न शंकास्पद १२ जनासहित १ हजार हजार २ सय बढीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उता राष्ट्रपति सिरिल रामाफोसाले विरोध प्रदर्शनलाई सन् १९९० यताकै ठूलो हिंसात्मक गतिविधि भएको बताएका छन् । त्यस्तै उनले संयमता अपनाउन आग्रह पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *