विदेश

अपहरित छोरासँग २४ वर्षपछि पुनर्मिलन

हिमालय टिभी
२०७८ असार ३० गते ६:३५
अपहरित छोरासँग २४ वर्षपछि पुनर्मिलन

३० असार २०७८ बेइजिङ । चीनका एक व्यक्तिले २४ वर्षपछि आफ्नो छोरा भेटाएका छन् । गुओ गान्ताङ नाम गरेका ब्यक्तिले छोराको खोजीमा पाँच लाखभन्दा बढी किलोमिटर मोटरसाइकलमा यात्रा गरे ।

सन् १९९७ मा शान्दोङ प्रान्तस्थित उनकै घरबाट मानव तस्करीले छोरालाई खोसेका थिए ।

उनको खोजीमा उनले चीनको २० भन्दा बढी प्रान्तमा चक्कर लगाए । आफ्नो दुई वर्षे छोराको फोटो लिएर खोजीमा हिँडेका उनले पुलमुनी सुत्न प¥यो ।
खानका लागि भिख माग्नु प¥यो । छोरा खोज्दा खोज्दै उनी व्यक्ति हराएका सम्बन्धि संस्थाको महत्वपूर्ण सदस्य समेत बने । र, सातजना बालबालिका भेटाएर अविभावकको जिम्मा समेत लगाउन सफल भए । तर, आफ्नो छोरा भेट्न भने लामो समय कुर्नु प¥यो ।

सन् २०१५ मा उनकै जीवनमा आधारित चलचित्र समेत बन्यो । जसमा हङकङका सुपरस्टार एन्डी लाउले अभिनय गरेका थिए ।

चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले छोराको डिएनए परीक्षण गरेर पत्ता लगाएका हुन् । यसक्रममा एक महिला र एक पुरुष अभियुक्तलाई प्रहरीले पक्राउ समेत गरेका छन् । पछि ती दुई जनाले हेना प्रान्तमा बेचेका थिए ।
गुओको छोरा भेटिएपछि सामाजिक सञ्जालमा ठूलै चर्चा भयो ।

चीनमा केही दशक यता बालबालिका अपहरण र ओसारपसार ठूलो समस्याका रुपमा रहँदै आएको छ । सन् २०१५ को तथ्यांक अनुसार चीनमा वर्षेनी २० हजार बालिबालिका अपहरणमा पर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *