विदेश

दक्षिण अफ्रिकामा भड्किएको हिंसामा कम्तिमा ३० जनाको मृत्यु

हिमालय टिभी
२०७८ असार २९ गते १८:२८
दक्षिण अफ्रिकामा भड्किएको हिंसामा कम्तिमा ३० जनाको मृत्यु

२९ असार २०७८ दक्षिण अफ्रिका । दक्षिण अफ्रिकामा भड्किएको हिंंसामा परि कम्तिमा ३० जनाको मृत्यु भएको छ ।

गत हप्ता अदालतको अवहेलना सम्बन्धी मुद्धामा जेल सजाय काट्न पूर्व राष्ट्रपति ज्याकोब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेपछि उनका समर्थक प्रदर्शनमा उत्रिएका हुन् ।

जुमालाई गत बिहिवार जेल चलान गरे लगत्तै प्रदर्शनले हिंसात्मक रुप लिएको छ । प्रदर्शनकारीले शहरमा आगजनी गर्नुका साथै राजमार्ग बन्द गरेका छन् । पसलहरुमा लुटपाट मच्चिएको छ ।

प्रहरीले कम्तिमा ८ सय जनालाई पक्राउ गरेको जनाएको छ । स्थिति नियन्त्रणमा लिन सेना परिचालन गरिएको बीबीसीले जनाएको छ ।

जुमाको जेल सजायको बहानामा वेरोजगारी र गरिबीको मुद्धालाई उचालेर केही समूहले हिंंसा मच्चाएको अधिकारीहरुको दाबी छ । भ्रष्टाचार सम्बन्धी मुद्दामा जुमालाई गत हप्ता १५ महिनाको जेल सजाय सुनाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *