विदेश
अफगानिस्तानमा आधा नागरिकलाई मानवीय सहायता आवश्यकः राष्ट्र संघ
२०७८ असार २९ गते १०:०४

२९ असार २०७८ काठमाडौं । अफगानिस्तानका आधा नागरिकलाई मानवीय सहायतको आवश्यकता रहेको संयुक्त राष्ट्रसंघले बताएको छ ।
लामो समयदेखि द्वन्द्वग्रस्त मुलुक अफगानिस्ताका आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ ।
संयुक्त राष्ट्रसंघीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कूल जनसंख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो ।
मानवीय सहायता आवश्यक पर्नेमा पाँच वर्षमुनिका बालबालिका पनि अग्रसूचीमा छन्। अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसंघलेले जनाएको छ ।
त्यस्तै कोरोना भाइरसलगायतका रोग तथा विभिन्न प्रकोप पनि मानवीय सहायता आवश्यकताका कारण रहेका छन् ।
प्रतिक्रिया