विदेश
बेलायती अर्बपति ब्रान्सन आफ्नै यानमा अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति
२०७८ असार २८ गते ८:०६

२८ असार २०७८ लण्डन । बेलायती अर्बपति रिचर्ड ब्रान्सन आफ्नै यानमा चढेर अन्तरिक्ष यात्रा गर्ने पहिलो व्यक्ति बनेका छन् ।
७१ वर्षीय ब्रान्सन हिजो अमेरिकाको न्यु मेक्सिकोबाट आफ्नै कम्पनी भर्जिन ग्यालेक्सीद्वारा निर्मित यानमार्फत अन्तरिक्षमा पुगेका हुन् ।
उक्त यान पृथ्वीबाट ८८ किलोमिटर उचाइमा पुगेको थियो । ब्रान्सहित पाँच चालकदलका सदस्यले करिब केही मिनेट गुरुत्वशून्यताको अनुभव गरेका थिए । यान सुरक्षित रुपमा पृथ्वीमा अवतरण भएको छ ।
पछिल्लो समय अर्बपतिहरुबीच अन्तरीक्ष यात्राका लागि प्रतिस्पर्धा भइरहेको छ। अमेजनका जेफ बेजोस र टेस्लाका इलोन मस्क पनि अन्तरीक्ष यात्राका दौडमा छन् ।
बेजोस नौ दिनपछि नै आफ्नै यानमा अन्तरीक्षतर्फ जान लागेका छन् ।
प्रतिक्रिया