विदेश

ताजिकिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा पाँच जनाको मृत्यु

हिमालय टिभी
२०७८ असार २७ गते ८:२१
ताजिकिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा पाँच जनाको मृत्यु

२७ असार २०७८ ताजिकिस्तान । ताजिकिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तिमा पाँच जनाको मृत्यु भएको छ ।

पश्चिमी क्षेत्रमा केन्द्रविन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी अहिलेसम्म पाँच जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

स्थानीय समय अनुसार हिजो बिहान सवा सात बजे ५ दशमलव ९ म्याग्नीच्युडको भूकम्प गएको युरोपेली भूगर्भ केन्द्रले जनाएको छ।

भूकम्पको केन्द्रबिन्दु भएको स्थान दसान्वेदेखि १६५ किलोमिटर टाढा रहेको केन्द्रका अधिकारीहरूले जानकारी दिएका छन् ।

अहिलेसम्म पाँच जनाको मृत्यु भएको जनाइएपनि घाइते तथा थप क्षतिको विवरण आइसकेको छैन। भूकम्पका कारण १९ घर भत्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *