रुसी साइबर आक्रमण रोक्न आवश्यक सबै कारबाही गर्ने राष्ट्रपति बाइडेनको प्रतिक्रिया
२६ असार २०७८ काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी साइबर आक्रमण रोक्न आवश्यक सबै कारवाही गर्ने बताएका छन् ।
राष्ट्रपति जो बाइडेनले रुसी समकक्षी भ्लादिमिर पुटिसँग रुसबाट हुने साइबर हमला रोक्न कुनै पनि प्रकारको कार्य गर्न प्रतिबद्धता गरेको ह्वाइट हाउसले जनाएको हो । बाइडेन र पुटिनबीच एक घण्टा भन्दा समय टेलिफोन वार्ता भएको थियो ।
साइबर आक्रमणबारे अमेरिका गम्भिर रहेको र यसको नतिजा रुसले भोग्नुपर्ने बाइडेनले बताए । हिजो भएको कुराकानी गत महिना जेनेभामा दुई नेताबीच भएको छलफलको निरन्तरता थियो । तर साइबर हमलाबारे मस्कोले अमेरिकी दाबीलाई अस्वीकार गर्दै आइरहेको छ ।
गत महिना अमेरिकामा भएको साइबर हमलाबारे अमेरिकी अधिकारीले आफूसँग कुराकानी नगरेको रूसको भनाइ छ । तर अमेरिकाले यसबारे रुससँग पटक(पटक सम्पर्क गरेको बताएको थियो ।
गएको जुन महिनामा पनि अमेरिकाका १ हजार ५ सय भन्दा बढी कम्पनी साइबर आक्रमणको निशानामा परेका थिए ।
प्रतिक्रिया