पाकिस्तानमा प्रान्तीय सभाका पूर्वसदस्यको गोली हानी हत्या

२५ असार २०७८ इस्लामावाद । पाकिस्तान पीपल्स पार्टी (पीपीपी) का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानको गोली हानी हत्या गरिएको छ ।
पञ्जाब विधानसभामा पीपीपीका पूर्व सभासद खानलाई एटोकको शीन बाग क्षेत्रमा अन्त्येष्टिमा भाग लिइरहेका बेला अज्ञात आक्रमणकारीहरूले चलाएको गोली लागी मृत्यु भएको हो।
पाकिस्तानी सञ्चारमाध्यमहरूलेका अनुसार आक्रमणपछि उनलाई जिल्ला सदरमुकामस्थित एक अस्पतालमा उपचार गरिएको थियो । तर पछि थप उपचारका लागि एम्बुलेन्समा रावलपिंडी लग्ने क्रममा बाटोमा निधन भएको हो ।
नेता खानको टाउकोमा गोली लागेको थियो । घाउबाट धेरै रगत बगेपछि उनको मृत्यु भएको हो । पीपीपी नेता खान सन् २००८ मा पीपी–१५ एटोकबाट निर्वाचित भएका थिए।
उनी आफ्नो कार्यकालमा खानी र खनिजसम्बन्धी विशेषाधिकार समिति र स्थायी समितिको सदस्य भएका थिए। पीपीपीका अध्यक्ष बिलावल भुट्टो जरदारीले ट्वीट मार्फत् उनको मृत्युमा शोक व्यक्त गरेका छन् ।
पाकिस्तान प्रहरीले नेता खानलाई सम्पत्तीसम्बन्धी विवादमा १९–वर्षीय व्यक्तिले गोली हानी हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ ।
हत्यामा सम्लग्न रहेको आरोपमा संदिग्धलाई पक्राउ गरी अनुसन्धानको लागि सुरक्षा नियन्त्रणमा राखिएको छ ।
प्रतिक्रिया