विदेश
हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको गोली हानी हत्या
२०७८ असार २३ गते १६:५३
२३ असार २०७८ हाइटी । क्यारिवियन राष्ट्र हाइटीका राष्ट्रपति जोभेनेल मोइसेको हत्या भएको छ ।
राजधानी पोर्ट आउ प्रिन्सस्थित निजी निवासमा अपरिचित व्यक्तिले गोली हानेर उनको हत्या गरेको प्रधानमन्त्री क्लाउडे जोसेफले पुष्टि गरेका छन् । स्थानीय समय अनुसार मध्येरातमा यो आक्रमण भएको हो ।
हमलामा प्रथम महिला पनि घाइते भएकी छिन् । पूर्व राष्ट्रपति माइकल मार्टेलीले राजीनामा दिएसँगै ५३ वर्षे राष्ट्रपति मोइसे सन् २०१७ देखि सत्तामा आएका थिए ।
सत्तामा आएपछि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा लागेका थिए । प्रधानमन्त्री जोसेफले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।
प्रतिक्रिया