विदेश

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

हिमालय टिभी
२०७८ असार २३ गते ७:५६
विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख नाघ्यो

२३ असार २०७८ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४० लाख नाघेको छ ।

पछिल्लो पटक विश्वमा थप झण्डै ८ हजार जनाको मृत्युसँगै मृतक संख्या ४० लाख नाघेको हो । पछिल्लो पटक सबैभन्दा बढी ब्राजिलमा करिब १ हजार ८ जनाले ज्यान गुमाए ।

त्यस्तै भारतमा ९ सय बढी तथा रसियामा ७ सय बढीको मृत्यु भयो । अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ६ लाख २१ हजार, ब्राजिलमा ५ लाख २७ हजार तथा भारतमा चार लाख ४ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै विश्वभरमा संक्रमित हुनेको संख्या १८ करोड ५३ लाख भन्दा बढी छ। सबैभन्दा बढी अमेरिकामा ३ करोड ४६ लाख, भारतमा ३ करोड तथा ब्राजिलमा १ करोड ८८ लाख भन्दा बढी छन् । विश्वमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ करोड ९७ लाख बढी छ ।

उता विश्वभर तीन अर्ब २५ करोड १३ लाख भन्दा बढीमा कोरोनाविरुद्धको खोप लगाइएको छ। चीनमा मात्रै एक अर्ब ३० करोड ५४ लाख बढीले खोप लगाइसकेका छन् ।

त्यस्तै भारतमा ३५ करोड ७५ लाख, अमेरिकामा ३२ करोड ९५ लाख, ब्राजिलमा नौ करोड ९७ लाख, बेलायतमा सात करोड ९७ लाख भन्दा बढी जनाले खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *