विदेश

सबै विदेशी सेना तोकिएकै मितिमा फिर्ता हुनुपर्ने तालिवानको माग

हिमालय टिभी
२०७८ असार २१ गते ८:२६
सबै विदेशी सेना तोकिएकै मितिमा फिर्ता हुनुपर्ने तालिवानको माग

२१ असार २०७८ काबुल । तालिवानले अफगानिस्तानबाट सबै विदेशी सेना तोकिएकै मितिमा फिर्ता हुनुपर्ने जनाएको छ ।

सेप्टेम्बरमा नेटो आवद्ध सेना फिर्ता भएपछि पनि कुनै विदेशी सेना अफगानिस्तानमा रहे त्यो उनीहरुकै लागि जोखिम हुने तालिवानको भनाइ छ ।

सेप्टेम्बर पछि पनि अमेरिकालगायत मुलुकका करिब एक हजार सेना कुटनीतिक मिसन र काबुल अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ रहने समाचार सार्वजनिक भएपछि तालिवानका तर्फबाट यस्तो प्रतिक्रिया आएको बीबीसीले जनाएको छ ।

अफगानिस्तानमा नेटो गठबन्धन सेनाको दुई दशक लामो सैन्य मिसन सकिएको छ । विदेशी सेनाको फिर्तीसंगै अफगान सेना एक्लैले त्यहांको सुरक्षा जिम्मेवारी लिंदैछ ।

तालिवानका प्रवक्ता सुहेल शाहिनले काबुल कब्जा गर्ने तालिवान नीति नभएको बताएको बीबीसीले जनाएको छ । शाहिनले विदेशी कुटनीतिज्ञ, एनजीओ र अरु विदेशी नागरिकलाई तालिवानले निशाना नबाउने भएकाले सेम्टेम्बर पछि कुनै विदेशी सेना आवश्यक नभएको बताए ।

उनले गत हप्ता बाग्राम सैन्य वेशबाट अमेरिकी सेनाको फिर्तीलाई ऐतिहासिक भनेका छन् । तालिवानसंंगको सम्झौता अनुसार अमेरिका र नेटो गठबन्धनका सबै सेना आगामी सेप्टेम्बरबाट फिर्ता हुनु पर्नेछ ।

अमेरिकाले सन् २००१ को अक्टोबरमा तालिवानलाई अफगानिस्तानको सत्ताबाट हटाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *