विदेश

ट्यूनेशियामा भएको डुंगा दुर्घटनामा ४३ जना आप्रवासीको मृत्यु

हिमालय टिभी
२०७८ असार २० गते ७:२७
ट्यूनेशियामा भएको डुंगा दुर्घटनामा ४३ जना आप्रवासीको मृत्यु

२० असार २०७८ ट्यूनेशिया । ट्यूनेशियाको तटमा डुंगा दुर्घटना हुँदा ४३ जना आप्रवासीको मृत्यु भएको छ ।

ट्यूनेशियाको रेड क्रिसेन्टले आप्रवासीको मृत्युबारे पुष्टि गरेको छ । दुर्घटनामा ४३ जनाको मृत्यु भएको र ८४ जनाको उद्धार गरिएको छ ।

लिबियाको जुवाराह बन्दरगाहबाट आप्रवासी बोकेको डुंगा भूमध्य सागर तरेर युरोप प्रवेश गर्ने क्रममा रहेको थियो ।

डुंगामा इजिप्ट, सुडान तथा बंगलादेशका नागरिक रहेको अधिकारीहरुले जनाएङ्का छन् । मेशिनमा खराबी आएपछि डुंगा डुबेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *