विदेश

डब्लुएचओले दियो युरोपमा कोरोनाको तेस्रो लहरको चेतावनी

हिमालय टिभी
२०७८ असार १८ गते ७:३९
डब्लुएचओले दियो युरोपमा कोरोनाको तेस्रो लहरको चेतावनी

१८ असार २०७८ काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लुएचओले युरोपमा कोरोना संक्रमणको तेस्रो लहर शुरु हुने चेतावनी दिएको छ ।

युरोपेली देशहरूमा कोरोना भाइरस सङ्क्रमितहरुको सङ्ख्यमा फेरि वृद्धि भएसँगै डब्लुएचओले तेस्रो लहरको चेतावनी दिएको हो । डब्लुएचओले दुई महिनापछि सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको बताएको छ ।

डब्लुएचओले सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा अर्को चरणको महामारी फेरि शुरु हुनसक्नेतर्फ चिन्ता व्यक्त गरेको हो। तेस्रो लहरको संकेत देखिंदा पनि युरोपेली देशहरुले महामारी नियन्त्रणको उपाय अवलम्बनमा ढिलाई गरेको प्रति डब्लुएचओले असन्तुष्टि जनाएको छ ।

पछिल्लो तथ्यांक अनुसार युरोपेली क्षेत्रमा अहिले १० प्रतिशतको दरले सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको छ । युरोपेली देशहरुमा सामाजिक दूरी कायम राख्ने, मास्क लगाउने र साबुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ लागू गर्न गराउन पनि आग्रह गरिएको छ ।

नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको डब्लुएचओको भनाइ छ ।

खोप अभियानलाई थप प्रभावकारी बनाउन पनि डब्लुएचओले आग्रह गरेको छ । युरोपेली देशहरुमा औसतमा २४ प्रतिशतले खोप लगाएको तथ्याङ्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *