विदेश

कोरोना महामारी न्युनीकरणका लागि सिंगापुरले ल्यायो यस्तो नयाँ योजना

हिमालय टिभी
२०७८ असार १७ गते ८:४६
कोरोना महामारी न्युनीकरणका लागि सिंगापुरले ल्यायो यस्तो नयाँ योजना

१७ असार २०७८ सिंगापुर । कोरोनाभाइरसको महामारी न्यूनीकरणका लागि सिंगापुरले नयाँ योजना ल्याएको छ ।

डेल्टा भेरिएन्ट फैलिने जोखिमलाई रोक्न अन्य देशले प्रतिबन्धमा थप कडाइ गइरहेका बेला सिंगापुरले भने जनजीवन सामान्य बनाउने नयाँ योजना ल्याएको छ ।

सिंगापुरको तीन सदस्यीय कोभिड–नाइन्टिन कार्यदलले लकडाउन अन्त्य गर्ने, कन्ट्याक्ट ट्रेसिङ बन्द गर्ने र क्वारन्टिनको व्यवस्था हटाएर यात्रा तथा ठुल्ठूला भेला, कार्यक्रम सञ्चालन गर्न अनुमति दिइने लगायतका योजना ल्याएको हो ।

त्यस्तै दैनिक संक्रमितको संख्या गणना नगर्ने प्रस्ताव कार्यदलको छ । उक्त प्रस्ताव अन्य देशले अपनाइरहेको शून्य संक्रमणको मोडेलभन्दा एकदमै फरक छ । तर, शून्य संक्रमणको मोडल अपनाउँदा क्वारन्टिनको कठोर विधि अपनाउनुपर्ने हुन्छ।

यो योजना सफल भए सामान्य जनजीवनमा फर्किन खोजिरहेका अन्य मुलुकका लागि पनि उदाहरण बन्न सक्ने छ। यसले १८ महिनादेखि महामारीको प्रतिबन्धमा परेको जीवनलाई सहज बनाउन सक्छ।

त्यस्तै प्रतिबन्ध हटाउन सिंगापुरले व्यापक खोप अभियान चलाइरहेको छ । त्यहाँ करिब दुई तिहाइ जनसंख्यालाई खोपको पहिलो मात्रा लगाइसकिएको छ ।

त्यस्तै अगष्ट ९ तारिखसम्ममा सबैलाई दोस्रो मात्रा लगाइसक्ने योजना छ।कोरोना नियन्त्रणमा सिंगापुरलाई अहिलेसम्म सफल मानिएको छ। सीमामा कडाइ, क्वारन्टिन र कन्ट्याक्ट ट्रेसिङका अलावा सामाजिक जमघट गर्न नपाइने र मास्क लगाउनुपर्ने नियमका कारण त्यो सम्भव भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *