कोरोना संक्रमण तिब्र भएपछि देशव्यापी लकडाउन घोषणा
१४ असार २०७८ ढाका । बङ्लादेशमा कोरोनाको नयाँ लहर तीब्र रुपमा फैलिएपछि आजबाट देशव्यापी लकडाउन लागू गरिएको छ ।
सक्रमितहरु मध्ये धेरैमा भारतमा देखा परेको नयाँ डेल्टा भेरिअन्ट भएको बताइएको छ । भारतमा देखिएको कोरोनाको नयाँ डेल्टा भेरियन्टका कारण बंगालादेशमा संक्रमण बढेको हो ।
एक सातासम्म आपतकालिन काममा बाहेका कोही पनि घर बाहिर निस्कन पाउने छैनन् । धेरै अस्पतालमा बिरामीहरू भरिभराउ छन् । भारतसँग सीमा जोडिएका अस्पतालहरूमा बढी समस्या देखिएको छ ।
स्वास्थ्य सेवा प्रभावित हुने जोखिम बढेको भन्दै थप तयारी आवश्यक रहेकोमा विज्ञहरुले जोड दिएका छन् । संक्रमितको संख्या बढेपछि रेल र बस सेवाहरू यस अघि नै बन्द गरिएको छ ।
आजबाट शुरु भएको लकडाउन अघि हिजो राजधानी ढाकाबाट बाहिरिनेहरुको टर्मिनलहरूमा ठूलो भिड जम्मा भएको थियो । बङ्लादेशमा कोरोनाको पछिल्लो लहर करिब छ हप्ता अघि सुरु भएको हो ।
प्रतिक्रिया