विदेश
सोमालियाको अर्ध स्वायत्त राज्य पन्टल्याण्डमा २१ जनालाई मृत्युदण्ड
२०७८ असार १४ गते ८:२४

१४ असार २०७८ सोमालिया । सोमालियाको अर्ध स्वायत्त राज्य पन्टल्याण्डमा २१ जनालाई मृत्युदण्ड दिइएको छ ।
उनीहरु सबैलाई इस्लामिक चरमपन्थी समुह अल शबाबसंंग सम्पर्क राखेकोमा दोषी ठहर्याइएको थियो । सैन्य अदालतले उनीहरुलाई सजायँ सुनाएको हो ।
उनीहरु एक दशक अघिको हत्या र विष्फोटको घटनामा संलग्न रहेको थिए ।
उनीहरुलाई मृत्युदण्ड दिएपछि अल शबाबले अर्को शहरमा गरेको आक्रमणमा केही सरकारी सेना मारिएको बीबीसीले जनाएको छ ।
प्रतिक्रिया