विदेश
मन्त्रालयमै आफ्नो सहकर्मीलाइ चुम्बन गरेको आरोप लागेपछि मन्त्रीले दिए राजीनामा
२०७८ असार १३ गते ७:५३
१३ असार २०७८ लण्डन । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।
कोरोना महामारीमा भौतिक दूरी कायम नगरेको भन्ने आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका हुन् । आफ्नै कार्यालयमा एक सहकर्मीलाई चुम्बन गरेर सामाजिक दूरी तोडेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको थियो ।
कार्यालयमा काम गर्ने एक जना महिला कर्मचारीसँग दूरी कायम नगरेको भन्दै उनीमाथि राजीनामा दिन दबाव परेको थियो ।
यस्तै, विवाद बढ्दै गएपछि ती महिला कर्मचारीले पनि राजीनामा दिएकी छिन् । महामारीमा त्याग गरेका सबै प्रति सरकार ऋणी रहेको भन्दै आफू इमान्दार हुन नसकेको र उनीहरुलाई निराश पारेको भन्दै ह्यानककले माफी समेत मागेका छन् ।
साजिद जाविदले नयाँ स्वास्थ्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया