विदेश

भारतमा डेल्टा भेरिएन्टको म्यूटेशनले चिन्ता बढायो, महाराष्ट्रमा कडाइ

हिमालय टिभी
२०७८ असार १२ गते ९:०५
भारतमा डेल्टा भेरिएन्टको म्यूटेशनले चिन्ता बढायो, महाराष्ट्रमा कडाइ

१२ असार २०७८ नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको डेल्टा भेरिएन्टमा देखिएको नयाँ म्यूटेशनका कारण चिन्ता बढाएको छ ।

डेल्टाको नयाँ म्यूटेशनका कारण विभिन्न ८ राज्यमा सङ्क्रमण देखिएपछि चिन्ता बढेको हो । कोरोनाको दोस्रो लहर साम्य नहुँदै डेल्टाको नयाँ म्यूटेशनले नयाँ सङ्क्रमित भेटिन थालेपछि केन्द्र सरकारले राज्य सरकारहरुलाई पत्र पठाएर आवश्यक तयारी पूरा गर्न र सोही अनुसारको प्रतिबन्ध लागू गर्न निर्देशन दिएको छ ।

यसैबीच, भारतको महाराष्ट्र राज्यको केहि जिल्लामा डेल्टाको नयाँ म्यूटेशनका कारण नयाँ सङ्क्रमित थपिएपछि खुकुलो प्रतिबन्धमा फेरि कडाइ गरिएको छ ।

डेल्टाको नयाँ म्यूटेशन चिन्ताको विषय रहेको भन्दै महाराष्ट्र सरकारले प्रतिबन्धमा कडाई गरिने बताएको हो ।

डेल्टाको नयाँ म्यूटेशन हालसम्म विश्वका विभिन्न ११ मुलुकमा फेला परिसेकेको र यो थप सङ्क्रामक रहेको भन्दै विश्व स्वास्थ्य संगठनले चिन्ता व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *