विदेश
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या अझै घटेन
२०७८ असार १० गते ८:१४
१० असार २०७८ ब्राजिल । ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा अझै घट्न सकिरहेको छैन ।
पछिल्लो पटक त्यहाँ संक्रमणबाट दुई हजारभन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेको संख्यामा केही कमी आएको देखिएको भएपनि उल्लेख्य रुपमा घट्न नसकेको स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
अहिलेसम्म त्यहाँ ५ लाख ७ हजार बढीको मृत्यु भइसकेको छ । कोरोनाबाट ज्यान गुमाउनेको यो संख्या विश्वकै दोस्रो धेरै हो । त्यस्तै त्यहाँ कोरोना संक्रमित हुनेको संख्या एक करोड ८१ लाख नाघेको छ ।
पछिल्लो पटक त्यहाँ १ लाख १३ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । ब्राजिलमा आठ करोडभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।
प्रतिक्रिया