विदेश

विश्व शान्तिका लागि इरानको चुनौतीको सामनाका लागि गम्भीर बन्न इजरायली प्रधानमन्त्रीको आग्रह

हिमालय टिभी
२०७८ असार ७ गते ८:२३
विश्व शान्तिका लागि इरानको चुनौतीको सामनाका लागि गम्भीर बन्न इजरायली प्रधानमन्त्रीको आग्रह

७ असार २०७८ इजरायल । इजरायलका प्रधानमन्त्री नफ्ताली बेनेटले विश्व शक्ति राष्ट्रलाई इरानको चुनौती सामनाका लागि गम्भीर बन्न आग्रह गरेका छन् ।

इजरायली प्रधानमन्त्री बेनेटले कोसंग आणविक सम्झौताका विषयमा कुराकानी भैरहेको छ भन्ने बुझ्न विश्व शक्ति राष्ट्रलाई अन्तिम मौका रहेको पनि बताए ।

इरानको क्रुर शासकको हातमा आमविनाशकारी हतियार सुम्पन नहुने उनको भनाइ छ । इरानको आणविक कार्यक्रमलाई सीमित गर्ने महत्वपूर्ण सम्झौता पूनः व्युत्याउने प्रयासका लागि वार्ता अघि बढिरहेका बेला इजरायली प्रधानमन्त्रीका तर्फबाट यस्तो भनाइ आएको हो ।

इजरायले क्षेत्रिय शक्तिको रुपमा इरानलाई मुख्य चुनौति मान्दै आएको छ । कुटनीतज्ञहरुले आणविक सम्झौता पुनर्जिवित गर्ने प्रयासमा छलफल सकारात्मक रहेको बताएका छन् ।

सन् २०१५ को उक्त सम्झौताबाट ट्रम्प प्रशासन अलग्गिएको थियो । इजरायलले उक्त सम्झौताको विरोध गर्दै आएको छ । इरानले आफ्नो आणविका कार्यक्रम शान्तिपूर्ण उद्धेश्यका लागि भएको जिकिर गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *