विदेश

कोरोनाविरुद्धको खोप आपुर्तिसम्बन्धी मुद्दामा एस्ट्राजेनेकासँग ईयू पराजित

हिमालय टिभी
२०७८ असार ५ गते ८:३१
कोरोनाविरुद्धको खोप आपुर्तिसम्बन्धी मुद्दामा एस्ट्राजेनेकासँग ईयू पराजित

५ असार २०७८ ब्रसेल्स । कोरोना भाइरसको खोप आपूर्तिबारे ब्रसेल्समा ईयूले एष्ट्राजेनेकासँगको मुद्दा हारेको छ ।

यही जून महिनाको अन्त्यसम्ममा युरोपियन युनियन राष्ट्रमा सम्झौता बमोजिमको खोप एष्ट्राजेनेकाले उपलब्ध गराउन नसक्ने बताएपछि ईयू कानूनी लडाइँमा गएको थियो ।

मुद्दामा जून महिनाको अन्त्यमा एक करोड बीस लाख डोज उपलब्ध गराउनुपर्ने उल्लेख थियो । यसअघि उक्त समयसीमा एष्ट्राजेनेकाले तीन करोड कोरोना खोप उपलब्ध गराउने सम्झौता गरेको थियो ।

तर कम्पनीले समयमै खोप आपूर्ति हुन नसक्ने बताएपछि गत महिना ईयू अदालत गएको थियो । अदालतले ईयूको माग चित्त बुझ्दो नरहेको बताएको छ ।

तर आगामी केही महिनाभित्र खोप उपलब्ध गराउन समयसीमा तोकेको छ । उक्त समयभित्र खोप उपलब्ध हुन नसके कम्पनीले ठूलो जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *