राष्ट्रपति बाइडेन र पुटिनबीच महत्वपूर्ण भेटवार्ता
२ असार २०७८ जेनेभा । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।
दुई मुलुकबीचको सम्बन्ध अत्यन्तै तनावपूर्ण रहेका बेला दुई शक्ति राष्ट्रका नेताबीच स्वीट्जरल्याण्डको जेनेभामा पहिलो पटक भेटवार्ता भएको हो ।
वार्तामा हतियार नियन्त्रण, नाकाबन्दी, रुसमाथि साइबर आक्रमणको आरोप र अमेरिकी चुनावमा रुसी हस्तक्षेपको मुद्दा मुख्य रुपमा उठ्ने बताइएको छ ।
वार्ताबाट कुनै महत्वपूर्ण सहमति जुट्ने अपेक्षा नगरिएपनि स(साना विषयमा भएपनि सहमति जुट्ने दुवै राष्ट्रपतिले आशा राखेका छन् ।
भेट पूर्व अमेरिकी राष्ट्रपति बाइडेनले क्षेत्रीय स्थायित्वका लागि भेटवार्ता महत्वपूर्ण कदम हुने विश्वास व्यक्त गरेका थिए भने विभिन्न मुद्दामा संगै काम गर्न सकिने रुसी राष्ट्रपति पुटिनको प्रतिक्रिया थियो ।
तत्कालीन अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभियत नेता मिखाइल गोर्वाचोभबीच सन् १९८५ मा शीत युद्ध सम्मेलनका नाममा जनेभामै भेटवार्ता भएको थियो ।
प्रतिक्रिया