विदेश

नेटो नेताहरुले दिएको चेतावनीको चीनद्वारा यस्तो प्रतिवाद

हिमालय टिभी
२०७८ असार २ गते ८:११
नेटो नेताहरुले दिएको चेतावनीको चीनद्वारा यस्तो प्रतिवाद

२ असार २०७८ काठमाडौं । नेटोका नेताहरूले बेइजिङबाट प्रणालीगत चुनौती आइरहेको भन्दै चेतावनी दिएपछि चीनले त्यसको प्रतिवाद गरेको छ ।

चीनले नेटोमाथि आफ्नो शान्तिपूर्ण विकासको अपमान गरेको आरोप लगाएको छ । नेटोले आणविक अस्त्र विकास गर्नेसहितका चीनका कामले विधिमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई खतरामा पारेको बताएको थियो ।

नेटोको चेतावनीको प्रतिवाद गर्दै चीनले आफ्नो रक्षानीति प्रतिप्रक्षात्मक स्वरूपको रहेको बताएको छ । त्यस्तै नेटोलाई आफ्नो शक्ति संवाद प्रवर्धनका लागि प्रयोग गर्न पनि आग्रह गरेको छ ।

युरोपेली संघमा रहेको चिनियाँ नियोगले जारी गरेको विज्ञप्तिमा प्रतिरक्षा र सैन्य आधुनिकीकरणको जोड औचित्यपूर्ण, तर्कसंगत, खुला र पारदर्शी भएको उल्लेख छ ।

त्यस्तै नेटोले चीनको विकासलाई विवेकसंगत ढंगले हेर्दै चीनका वैध स्वार्थ र अधिकारलाई आफ्ना गठबन्धन राजनीतिक सञ्चालन गर्नका लागि बहानाका रूपमा प्रयोग गर्न, मुठभेड सिर्जना गर्न र भूराजनीतिक प्रतिस्पर्धा गर्न बन्द गर्नुपर्ने बताएको छ ।

यसअघि ब्रसेल्समा सम्पन्न एक दिने सम्मेलनमा नेटोका नेताहरूले चीनका कारण उत्पन्न सैन्य जोखिमप्रति चेतावनी दिँदै त्यसलाई बेइजिङको प्रणालीलाई चुनौती दिने व्यवहार भनेका थिए ।

सक्रिय सेवामा २० लाख भन्दा सेना रहेको चीनको सेना विश्वकै सबैभन्दा ठूलो फौज हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *