विदेश

नाफ्ताली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री चयन

हिमालय टिभी
२०७८ जेठ ३१ गते ८:०५
नाफ्ताली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री चयन

३१ जेठ २०७८ इजरायल । इजरायलमा नाफ्ताली बेनेट नयाँ प्रधानमन्त्री बनेका छन् ।

संसदमा विपक्षी आठ दलीय गठबन्धनको पक्षमा बहुमत जुटेसँगै दक्षिणपन्थी नेता नाफ्ताली नयाँ प्रधानमन्त्री बनेका हुन् । नाफ्तालीको यामिना पार्टीको छ सांसद रहेपनि गठबन्धनले उनलाई नेता चुनेको थियो ।

उनी सन् २०२३ को सेप्टेम्बरसम्म प्रधानमन्त्री रहने छन् । ४९ वर्षीय नाफ्ताली कुनै समय नेतन्याहुका वफादार मानिन्थे ।

नेतन्याहुको लिकुड पार्टी छोडेपछि नाफ्ताली दक्षिणपन्थी धार्मिक यहुदी होम पार्टीमा आबद्ध बने र सन् २०१३ मा संसद बन्ने । सन् २०१९ सम्मका प्रत्येक गठबन्धनमा उनी मन्त्री बनेका थिए ।

नाफ्तालीलाई नेतन्याहु भन्दा बढी राष्ट्रवादी र दक्षिणपन्थी मानिन्छ । उनले इजरायलाई यहुदी राष्ट्रको रुपमा वकालत गर्दै आएका छन् ।

नाफ्ताली नयाँ प्रधानमन्त्री बनेसंगै १२ वर्षदेखि प्रधानमन्त्री रहेका बेञ्जामिन नेतन्याहुको विदाई भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *