विदेश

इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी

हिमालय टिभी
२०७८ जेठ २९ गते ९:०७
इथियोपियामा भोकमरीका कारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनी

२९ जेठ २०७८ इथियोपिया । संयुक्त राष्ट्र संघले इथियोपियामाभोकमरीकाकारण ३३ हजार बालबालिकाको मृत्यु हुन सक्ने चेतावनीदिएको छ ।

राष्ट्रसंघले इथियोपियाको टिग्रे क्षेत्रमा सुरक्षाकर्मी र विद्रोहीबीच जारी युद्धका कारण ३३ हजार बालबालिकाको भोकमरी र कुपोषणका कारण मृत्यु हुन सक्ने भन्दै चेतावनी दिएको हो ।

सन् २०२० को नोभेम्बरबाट सुरु भएको युद्धमा परी हालसम्म टिग्रेमा १७ लाख मानिस विस्थापित भइसकेका छन् । संयुक्त राष्ट्रको एक अध्ययनमा टिग्रे क्षेत्रमा बसोबास गर्ने करिब ३ लाख ४३ हजार मानिस गम्भीर संकटमा परेको उल्लेख गरिएको छ ।

युद्धकाकारण त्यहाँका नागरिकहरु खाद्यान्नको समस्या झेलिरहेका छन् भने पिउने पानीको पनि अभाव हुन थालेको छ । जसले गर्दा बालबालिकासहित अन्य मानिसहरु पनि स्वास्थ्य संकटमा पर्न सक्ने संयुक्त राष्ट्र संघले बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *