विदेश

फ्रान्सका राष्ट्रपति म्यांक्रोमाथि हातपात

हिमालय टिभी
२०७८ जेठ २६ गते ८:२५
फ्रान्सका राष्ट्रपति म्यांक्रोमाथि हातपात

२६ जेठ २०७८ पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्यांक्रोमाथि भ्रमणका क्रममा हातपात भएको छ ।

दक्षिणी फ्रान्सको भ्रमणका बेला सडकमा उभिएका व्यक्तिसँग कुराकानी गर्ने क्रममा एक जनाले राष्ट्रपति म्यांक्रोलाई झापड हानेका थिए ।

सामाजिक सञ्जालमा भाइरस एक भिडिओमा भ्यालेन्स शहर बाहिरको भेगमा भ्रमणमा रहेका राष्ट्रपति म्यांक्रो सुरक्षा तगारो राखिएको स्थानमा कुराकानी गर्न पुगेका थिए ।

हरियो टि शर्ट लगाएका एक पुरुषले उनको मुहारमा चड्कन हाने लगत्तै सुरक्षाकर्मीले राष्ट्रपतिलाई तानेरका थिए । घटना लगत्तै सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएका थिए । राष्ट्रपति म्यांक्रोले यसलाई एक असामान्य घटना भएको बताए ।

उता राष्ट्रपति कार्यालयले जारी गरेको वक्तव्यमा ती व्यक्तिले राष्ट्रपतिलाई हिर्काउने प्रयत्न गरेको उल्लेख छ । म्यांक्रोका समर्थक र विपक्षी दुबै पक्षले घटनालाई लिएर आक्रोश व्यक्त गरिरहेका छन् ।

घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् । वक्तव्यमा राष्ट्रपतिको नियमित कार्यक्रम यथावत रहने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *