विदेश

भारतमा एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण

हिमालय टिभी
२०७८ जेठ २५ गते १६:१९
भारतमा एक लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण

२५ जेठ २०७८ नयाँ दिल्ली । कोरोना महामारीको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित भारतमा संक्रमण दर निकै कम भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ ८६ हजार चार सय संक्रमित थपिएका छन् । संक्रमितको संख्या पछिल्लो ६८ दिन यताकै कम हो ।

यस्तै ६३ दिनयता पहिलो पटक १ लाख भन्दा कम संक्रमित भेटिएका हुन् ।

भारतमा ३६ मध्ये ३३ राज्यमा नयाँ संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ ।

दोस्रो लहर सुरु भएसँगै भारतमा मे ६ मा एकै दिन चार लाख १४ हजारभन्दा बढी संक्रमित थपिएका थिए । यस्तै मे १८ मा मृतक पनि ४५ सयभन्दा बढी थिए ।

अहिले दैनिक मृतकको संख्या पनि घटिरहेको छ । पछिल्लो पटक त्यहाँ २१ सय २३ जनाको मृत्यु भएको छ । महामारी सुरु भएयता भारतमा साढे तीन लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *