विदेश

पाकिस्तानमा भएको रेल दुर्घटनामा कम्तिमा ३२ जनाको मृत्यु

हिमालय टिभी
२०७८ जेठ २४ गते १४:१८
पाकिस्तानमा भएको रेल दुर्घटनामा कम्तिमा ३२ जनाको मृत्यु

२४ जेठ २०७८ इस्लामावाद । पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तिमा ३२ जनाको मृत्यु भएको छ ।

सिंध प्रान्तको डहरकी नजिक आज विहानै दुई रेल एक आपसमा ठोक्किएका हुन् । दुर्घटनामा ४० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।

मिल्लत एक्सप्रेस र सर सैयद एक्सप्रेस घोटकी नजिक डहरकी र रेती रेल्वे स्टेशनको बीच क्षेत्रमा ठोक्किएका थिए । मिल्लत एक्सप्रेसका अनियन्त्रित डिब्बा अर्को ट्रयाकमा गुडिरहेको रेलसँग ठोक्किएको अधिकारीको भनाइ छ ।

उद्धार तथा बचाव कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *