विदेश

बुर्किना फासोमा हतियारधारी समूहको आक्रमणमा कम्तिमा १ सय ३२ सर्वसाधारणको मृत्यु

हिमालय टिभी
२०७८ जेठ २३ गते ७:५५
बुर्किना फासोमा हतियारधारी समूहको आक्रमणमा कम्तिमा १ सय ३२ सर्वसाधारणको मृत्यु

२३ जेठ २०७८ बुर्किना फासो । बुर्किना फासोमा हतियारधारी समूहको आक्रमणमा परी कम्तिमा १ सय ३२ जना सर्वसाधारणको मृत्यु भएको छ ।

उत्तरी क्षेत्रको एक गाउँमा भएको आक्रमणमा करिब १ सय ३२ जना मारिएको सरकारी अधिकारहरुको भनाइ छ ।

सोल्हान गाउँमा छापा मारिएको र स्थानीयका कैयन् घर तथा बजारमा आगजनी गरिएको सरकारी भनाइलाई उद्धृत गर्दै अन्तरराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

हालसम्म आक्रमणको जिम्मेवारी कुनै समूहले लिएको छैन । तर पछिल्ला दिनहरूमा त्यहाँ विशेषगरी सिमा क्षेत्रमा इस्लामिक समूहबाट हमला हुँदै आइरहेको छ । खासगरी निजेर र मालीसँग जोडिएका सिमा क्षेत्रमा यस प्रकारका आक्रमणका घटना दोरोहिने गरेका छन् ।

उक्त क्षेत्रमा सशस्त्र समूहहरूले छापा मार्ने, हत्या गर्ने र अपहरण गर्ने जस्ता गतिविधि गर्दै आएका छन् । घटनापछि राष्ट्रपति रोच कबोरेले यस्ता घटनाविरुद्ध एकजुट भएर लड्नुपर्ने बताउँदै तीन दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

फ्रान्सेली फौजले माली, चाड, मोरीटेनीया, निजेर र बुर्कीना फासोका सैनिकलाई अतिवादीहरूसँग लड्न सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *