विदेश
फेसबुकद्वारा पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको अकाउन्ट दुई वर्षका लागि बन्द
२०७८ जेठ २२ गते ७:५४

२२ जेठ २०७८ काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम दुई वर्ष बन्द हुने भएको छ ।
ट्रम्पको फेसबुक र इन्स्टाग्राम सात जनवरी २ हजार २३ सम्म प्रतिबन्धमा रहने छन् । फेसबुकको स्वतन्त्र छानबिन बोर्डले गत जनवरी ६ तारिखमा ट्रम्पले फेसबुकमा साझा गरेको विचार तथा भनाइले राजधानी वासिङ्टन डीसीमा हिंसात्मक झडपलाई बढावा दिएको निष्कर्ष छ ।
त्यतिबेला फेसबुकसँगै इन्स्टाग्राम र ट्वीटरले तत्कालै ट्रम्पको अकाउन्ट बन्द गरेका थिए । ट्रम्पको फेसबुक र इन्स्टाग्राममाथिको प्रतिबन्ध गएको जनवरीदेखि नै लागू हुनेछ ।
ट्रम्पले सन् २ हजार २३ को जनवरीमा पुनः आफ्नो अकाउन्ट सञ्चालन गर्न पाउने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ ।
प्रतिक्रिया