विदेश

अफगानिस्तानको शान्तिबारे चीनद्वारा छलफल

हिमालय टिभी
२०७८ जेठ २२ गते ७:४८
अफगानिस्तानको शान्तिबारे चीनद्वारा छलफल

२२ जेठ २०७८ काठमाडौं । अफगानिस्तानमा शान्ति स्थापना र समसामयिक विषयबारे विदेशमन्त्रीस्तरीय छलफल भएको छ ।

चीनले अफगानिस्तान र पाकिस्तानका विदेश मन्त्रीसँग छलफल गरेको हो । वार्तामा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी, अफगानी विदेश मन्त्री मोहमद हानिफ अटमर र पाकिस्तानी विदेश मन्त्री मखदुम शाह महमुद कुरेशी सहभागी थिए ।

भर्चुअल वार्तापछि तीनवटै विदेश मन्त्रीले अफगानी शान्ति प्रक्रिया, त्रिपक्षीय सहयोगको गहन प्रवर्द्धन लगायतका विषयमा प्रतिवद्धतासहितको संयुक्त वक्तव्य जारी गरे ।

अफगानी शान्ति प्रक्रियालाई अघि बढाउँदै चाँडै युद्धविराम गरेर हिंसालाई अन्त्य गर्ने कुरामा तीनै पक्षको जोड रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *